२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

तपाईंको आजको राशिफल

मेष राशिः अध्ययनको क्षेत्रमा दिन राम्रो छ। आफ्नो कार्यमा प्रभुत्व जमाउन सफल भइने छ। टेक्निकल क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ। आर्थिक लाभ हुने छ। भूमि सम्वन्धी काममा फल प्राप्तिको योग छ।

वृष राशिः स्वजनबाट धन आउने र यात्राको समय छ। बिलासी कार्र्यमा बिचार पुर्याउनु होला। हाडजोनीैमा सामान्य समस्या देखिन सक्छ। पढाईमा बाधा आउने छैन। व्यवसायमा फल प्राप्तिको समय राम्रो छ।

मिथुन राशिः पारिवारिक संयोग र मधुर भोजनले मन प्रसन्न हुने देखिन्छ। अध्ययनको कार्यमा राम्रो होला। सामान्य शिर रोग देखा पर्न सक्ने छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। वाणी सिद्धि हुने योग छ।

कर्कट राशिः व्यापार गर्नेहरुलाई दिन राम्रो छ। बिलासी कार्यमा रुची नलिनु राम्रो छ। ठूलो कार्यसिद्धिमा सामान्य बाधा छ। धार्मिक कार्यमा सुख शान्ति मिल्ने देखिन्छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ।

सिंह राशिः नयाँ कार्यमा मध्यम हुने दिन छ। पहिलेको व्यापार व्यवसायमा केही बाधा देखिन्छ। पठन पाठन र लेखनमा रुची बढ्ने छ। परिवारमा सामान्य रोग देखा पर्न सक्ने छ। आफन्तको सहयोग लिएर कार्य गर्नु होला।

कन्या राशिः वैदेशिक रोजगारीको अवसर मिल्ने समय छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। बाहिरको खानपानमा रुचि नलिनु वेस हुन्छ। अर्थ प्राप्तिमा सफलता मिल्नेछ। ज्ञान क्षेत्रमा रुचि बढ्ने छ।

तुला राशिः पढाइ र लेखाइमा सफलता मिल्ने छ। बाहिरी व्यक्तिको बिचारमा मतान्तर हुन सक्ने हुँदा, त्यसबाट टाढै रहनु होला। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला। यात्रा गर्नु राम्रो होला। राजनीतिमा दिन शुभ छ।

वृश्चिक राशिः आफ्नो कार्य क्षेत्रमा प्रभुत्व जमाउन सफल भइने छ। होटल सम्वन्धी व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुनेछ। धन प्राप्त हुने समय छ। अध्ययन, अध्यापन र लेखनमा सफलता मिल्ने योग छ।

धनु राशिः धन आर्जनमा समस्या देखिन्छ। कार्यगर्दा बिचार पूर्वक गर्नुहोला। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु मध्यम छ। स्वदेश यात्राको योग रहेको छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ।

मकर राशिः प्रेमिप्रेमिकाका लागि दिन राम्रो छ। सामाजिक कार्यमा सफलता मिल्ने छ। विद्यार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। सामान्य चर्म रोग देखिन सक्छ । दाम्पत्य जीवनमा उत्साह बढ्ने दिन छ।

कुम्भ राशिः साथीभाइसँग रमाईलो भेटघाट हुनेछ। उद्योगबाट कार्यसिद्धि हुनेछ। व्यापार व्यवसायमा बिचारपूर्वक कार्य गर्नू होला। वैदेशिक यात्राको समय छ। पढाईमा रुचि बढ्ने योग छ।

मीन राशिः विद्यार्थीका लागि पढाई मध्यम रहेको छ। व्यापारमा फल प्राप्त हुनेछ। केही मित्रसँगको बिचारमा मतान्तर हुने देखिन्छ। उन्नति प्रगतिमा केही ढिला हुने दिन छ। स्वास्थ्य राम्रो देखिन्छ।

प्रकाशित: २ श्रावण २०८१ ०६:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App