२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

फुङलिङमा जीप दुर्घटना, चालकसहित ७ घाइते

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ७ पौडेल चौकमा आइतवार बोलेरो जीप दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन् ।  

घाइते सबैको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावलले जानकारी दिए । रावलका अनुसार सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकबाट ताप्लेजुङ सदरमुकाम फुङलिङतर्फ आउँदै गरेको मे१ज ३३१३ नम्बरको जीप स्टेरिङको टाइरेट गोली भाँचिएर सडकदेखि अन्दाजी ६ मिटर तल खसेको थियो ।  

दुर्घटनामा परी सिरिजङ्गा गाउँपालिकाकी १८ वर्षीया मूना भट्टराई, ३५ वर्षीया श्रीमाया पौडेल भट्टराई, ७ वर्षीया इच्छा लिम्बू, २८ वर्षीया सरिता भट्टराई, २३ वर्षीय धनकुमार भट्टराई र ४१ वर्षीय बुद्धि थापा घाइते भएका छन् । 

गाडी चालक इलामको रोङ गाउँपालिका वडा नं ४ भालुझोडाका २४ वर्षीय अवि तामाङको टाउकोमा चोट लागेको र उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । 

प्रकाशित: ३० असार २०८१ १५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App