२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

जुम्ला प्रहरीबाट सुन,चाँदी सहित ठुलो मात्रामा गरगहना बरामद

जुम्लाको प्रहरीले चोरी आरोपमा पक्राउ गरिएका व्यक्तिबाट अनुसन्धान गरेर ठुलो मात्रामा सुन, चाँदी, मुगा सहितका गरगहना बरामद  गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार प्रहरीको विशेष अभियान अन्तर्गत मुगुमा हात हतियार सहित चोरीको घटनामा संलग्न व्यक्तिबाट साढे ३ तोला सुन, ६१.४२ तोला चाँदी, ४० थान मुगा, विभिन्न चाँदीको सिक्का, सहित विभिन्न गरगहना बरामद  गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक क्षदीलाल कामतीका अनुसार मुगुको घटनामा हात हतियार सहित पक्राउ गरि पठाइएका व्यक्तिबाट थप अनुसन्धान गर्दा सो सामग्री गुठिचौर गाउँपालिका ३ स्थित एक जना सो घटनामा संलग्न व्यक्तिको घरमा भेटिएर बरामत गरिएको हो।

उनका अनुसार मुगुको  चोरी मुद्दाका पक्राउ प्रतिवादी पातारासी २ तल्फि घर भई कालेखोली ग्यारेजमा काम गर्ने तुल कामी, गुठिचौर ३ बस्ने आक्रोस भण्डारी सहित ५ जनालाई पक्राउ गरि मुगु प्रहरीलाई जिम्मा लगाइएको छ । सोही समूहबाट हतियारहरू एसएल आर थान १, कटुवा पेस्तोल २ थान, एसएल आर म्यागेजिन २ थान, एस एल आरको राउन्डको गोली २५ थान, वाईनाकुलर १ थान,चाइनिज  सेट ३, आर्मी कम ब्याग पोसाक ५ जोर बरामत गरि सबुत प्रमाण सहित अन्तर जिल्ला अनुसन्धानमा जुम्ला प्रहरीले अनुसन्धानमा सहयोग पुर्‍याएको छ। 

प्रकाशित: २८ असार २०८१ १४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App