२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

तनहुँबाट पोखरा ल्याइ नाबालिकामाथि सामूहिक बलात्कार

नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पोखराबाट २ जना पक्राउ परेका छन्।

तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुबाट एक बालिकालाई ललाइफकाइ पोखरा ल्याएर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा धनुषाको क्षीरेश्वरनाथ गाउँपालिका–१० गोपालपुर स्थायी घर भई हाल पोखरा–११ रानीपौवा बस्ने २१ वर्षीय अरुणकुमार दास र भारतको बिहार प्रदेश सितामणी जिल्ला डुमराथाना सुरसड पश्चिमी–१ सुरसड गाउँ घर भई हाल पोखरा–११ रानीपौवा बस्ने १९ वर्षीय सुनिल दास भन्ने सुनिल कुमार रहेका छन्।

उनीहरुले असार १७ गते दिउँसो थर्पुबाट ती बालिकालाई ललाइफकाइ ग ८ प ४२८० नम्बरको मोटरसाइकलमा बीचमा राखेर पोखरास्थित कोठामा ल्याएर डर धम्की दिएर जबरजस्ती बलात्कार गरेको कास्की प्रहरीले जनाएको छ।

बलात्कारपछि राती तनहुँ घर पुर्‍याउन जाने क्रममा बिहान साढे ३ बजेको समयमा पृथ्वी राजमार्गको पोखरा–३० पावरहाउस नजिकै चेकिङ गर्ने क्रममा भाग्न खोजेपछि शंका लागेर सोधपुछ गर्दा घटना सार्वजनिक भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

पक्राउ परेका दुवैलाई कास्की जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक तथा जबरजस्ती करणी सम्बन्धी मुद्दामा आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: २३ असार २०८१ १६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App