१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लागुऔषधसहित दुई जना पक्राउ

मोरङको सुन्दरहरैँचाको अलग अलग स्थानबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषधको कारोबार हुने गरेको आशंकामा २ वटा घरमा छापा हानेर दुई जनालाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। 

सुन्दरहरैँचा नगरपालिका–६ का २६ वर्षीय कमल मगर र ३७ वर्षीय मनिष लिम्बूलाई लागुऔषधसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। पक्राउ परेका दुवै जनाको घर सुन्दरहरैँचा–६ को अलगअलग स्थानमा छ। 

लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले मगरको घरबाट छापा हानेको थियो। त्यहाँ लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)जस्तो देखिने धुलो वस्तु ४.३० ग्राम, स्पास्पेन ९२ ट्याब्लेट, ट्रमाडोल २ सय १० ट्याब्लेट, डेकालिङ ८६ ट्याब्लेट, स्पास्मो २५ ट्याब्लेट, स्टीलको थाल, गाँजा काट्ने छिनोलगायत घरबाट बरामद भएको डिएसपी बस्नेतले बताए।

त्यसैगरी, प्रहरीले लिम्बूको घरमा छापा हानेर खैरो हेरोइन जस्तो देखिने धुलो वस्तु २.९७ ग्राम, सानो खालको डिजिटल तराजु, कैंची, मोबाइल, स्टीलको थाल, लाइटरलगायत बरामद भएको छ। लागुऔषधलगायतका सामान बरामद भएपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लियो।

पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २२ जेष्ठ २०८१ १६:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App