२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

रौतहटका सीमानाका तीन दिन बन्द हुने

भारतमा भइरहेको लोकसभा निर्वाचनको क्रममा रौतहटका सीमानाका पनि बन्द गरिने भएको छ। 

दुवै देशका सीमा क्षेत्रका सुरक्षा पदाधिकारीहरुको संयुक्त बैठकले पहिलेदेखि हुँदै आएको अभ्यासजस्तै मतदानको दिनसम्म गरी ७२ घन्टा सीमानाका सिल गरिने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

रौतहटसँग सीमाना जोडिएको भारतको सीतामढी र पूर्वी चम्पारण जिल्लामा अलग अलग मितिमा चुनाव हुने भएकाले दुई चुनावको दिन अलग मितिमा रौतहटका सीमानाका सिल गरिने भएको हो।

सीतामढी जिल्लामा हुने निर्वाचनको क्रममा रौतहटको राजदेवी नगरपालिका ९ ब्रह्मपुरीदेखि इशनाथ नगरपालिका १ बन्जरहासम्म जेठ ५ गतेदेखि राति १२ बजेदेखि  ७ गते राति १२ बजेसम्म सीमानाका बन्द गरिने छ। 

यसैगरी पूर्वी चम्पारण जिल्लामा हुने निर्वाचनको क्रममा जेठ १० गते राति १२ बजेदेखि १२ गते राति १२ बजेसम्म सीमानाका बन्द हुने रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी गराएका छन्।

सीतामढी जिल्लामा मई  २० र पूर्वी चम्पारण जिल्लामा मई २५ मा भारतीय लोकसभाको निर्वाचन हुँदैछ। 

प्रकाशित: ४ जेष्ठ २०८१ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App