१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

बागमती सभ्यताद्वारा निर्मित संरचना ललितपुर महानगरलाई हस्तान्तरण

ललितपुर महानगर क्षेत्रमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिले निर्माण गरेका संरचनाहरु ललितपुर महानगरलाई हस्तान्तरण गरेको छ । समितिले बुधबार महानगरमा आयोजित कार्यक्रममा ती संरचनाको स्वामित्व महानगरलाई हस्तान्तरण गरेको हो ।  

महानगरको वडा नं.१, २, १० को बागमती किरानाको २ दशमलव ८ किलोमिटर क्षेत्रफलमा समितिले घाट, सडक, साइकल ट्रयाक, सार्वजनिक शौचालय, पाटी निर्माण गरेको छ । एडिबीको सहयोगमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ती संरचना निर्माण गरेको हो ।  

संरचना हस्तान्तरणसम्बन्धी समझदारी पत्रमा नगर प्रमुख चिरिबाबु महर्जनको उपस्थितिमा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ र समितिका आयोजना प्रमुख रविन्द्र बोहोराले हस्ताक्षर गरे ।  

कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले महानगरको बागमती करिडोरमा संरचना निर्माण गरेकोमा समितिलाई धन्यवाद दिए । उनले भने, ‘ यो अब हाम्रो बेबी भयो, यसको टेक केयर हामी गर्छौ, संरक्षण गर्छौ ।’  

उप प्रमुख मञ्जली शाक्य बज्राचार्यले हरियाली ललितपुर महानगरको पहिचान भएको बताइन् । उनले भनिन्, ‘ त्यहाँ रहेका केही संरचना अलि भद्दा जस्तो देखिन्छ, तिनको व्यवस्थापन गर्नुपर्छ ।’  

एडिबीका राष्ट्रिय निर्देशक आरनउल्ड काच्वाइसले संरचना हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउँदै वातावरण र हरियालीलाई प्राथमिकता दिने नगरप्रमुखसँग सहकार्य गर्न पाएकोमा हर्षित भएको सुनाए । 

प्रकाशित: २ जेष्ठ २०८१ १२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App