२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सेनाको सफा हिमाल अभियानमा १० टन फोहोर र ५ वटा मानव शव संकलन गर्ने लक्ष्य

नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करणअन्तर्गत चैत्र २९ गतेबाट अभियान शुरु गर्ने भएको छ।  आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिइएको हो। 

पत्रकार सम्मेलनमा बोल्दै नेपाली सेनाका सहायक रथी एवं सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सञ्जय देउजाले चैत्र २९ गते टोली प्रमुखलाई प्रधानसेनापति प्रभुराम शर्माले ब्यानरसहित सामान हस्तान्तरण गरी शुरु हुने बताए। उनले अभियान वि.सं २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने बताए।

उनका अनुसार संकलित फोहोरमध्ये नसढ्ने फोहोर रिसाइकिल गर्ने संस्थालाई हस्तान्तरण गरी समापन गर्ने योजना रहेको छ। उनले यस अभियानमा सगरमाथा ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सो भन्दा माथिका उचाईहरुबाट १० टन फोहोर तथा ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको बताए। 

नेपालका हिमाली क्षेत्रको वातावरणीय स्वच्छतालाई कायम राख्न अपरिहार्य रहेको उनले बताए। उनले वातावरण र विकासबीच सामञ्जस्यता कायम गर्न वास्तविकता हामीले मनन गर्दै सफाइ अभियान सञ्चालन गर्नु भन्दा अनावश्यक फोहोर नै हुन नदिने किसिमको संस्कारको विकास गर्नेतर्फ अघि बढ्न जरुरी रहेको बताए। 

प्रकाशित: २५ चैत्र २०८० १९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App