१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बासको खोजीमा बादी समुदाय

फाइल तस्बिर

२०६० सालमा दैलेख सदरमुकामस्थित गणेश चौकमा अस्थायी बसेका बादी समुदायहरुले स्थायी र सुरक्षित बासको खोजीमा भौतिरिएका छन्। 

अहिले बसेको ठाउँ भिरालो र पहिरो आईरहने भएकाले जोखिम बढी रहेको भन्दै उनीहरुले सुरक्षित स्थानमा आफ्नो बस्ती सार्नका लागि सबै पक्षसँंग माग गरेका हुन्।  

वर्षेनी वर्षादमा पहिरोले बस्ती झन् झन जोखिम हुने गरेको भन्दै बादी समुदायको अगुवा पौवा बादीले समयमै आफ्नो बस्तीको ब्यवस्थापन गर्न सरकारलाई अनुरोध गरेकी छन्।

बस्तीमा आएको पहिरोले विगतमा ४ जनाले ज्यान समेत गुमाईसकेका छन् भने,दर्जनभन्दा बढी घरहरु समेत पुरिएका छन्। बाँकी रहेका घरहरु जोखिममा भएकाले सुरक्षित स्थानमा बसाई सार्नका लागि सरकारसँग बादी समुदायले माग गरेका हुन्।  

स्थानीय कमला बादीले आफुहरुको बस्ती सार्नका लागि स्थानीय सरकार,प्रदेश सरकार र केन्द्रिय सरकारलाई आग्रह गरेकी छिन्। यहाँका बादी समुदाय दैलेख सदरमुकाममा ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्छन्।  

सरकारले भूमिहीन परिवारलाई जग्गा दिन भूमि सम्बन्धी समस्या समाधान आयोग बनाए पनि दैलेखमा बादी समुदायहरुबारे चासो नदेखाएको आरोप उनीहरुले लगाएका छन्। नमुना बस्तीका बादी समुदायमा शिक्षा, स्वास्थ्य खानेपानी लगायत समस्या उस्तै छ। बस्तीमा स्थापना भएको विद्यालय पनि पहिरोको जोखिम र शिक्षक दरबन्दी नहुँदा बन्द छ। बस्तीमा विगतमा ६५ घर बढी घरधुरी रहेको छ। 

प्रकाशित: १० चैत्र २०८० १२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App