१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ट्र्याक्टर दुर्घटनामा २ काे मृत्यु, एकजना गम्भीर घाइते

दोलखाको गौरीशंकर गाउँपालिका ५ सुरीबाट सिंगटी जाँदै गरेको ट्र्याक्टर सामेली भोर्लेमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।  

शुक्रबार राती सुरीबाट सिंगटी जाँदै गरेको ट्र्याक्टर लु ३ त ९७० नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा गौरीशंकर गाउँपालिका ५ तिनेखुका २३ वर्षीय बुद्धिवीर तामाङ र ४३ वर्षीय अमृत तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। दुर्घटनामा सोही ठाउँका १९ वर्षीय पेम्बा तामाङ गम्भीर घाइते भएका छन्।

ट्र्याक्टर अनियन्त्रित भएर सडकबाट करिब १ सय ८० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० चैत्र २०८० १०:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App