३ वैशाख २०८२ बुधबार
image/svg+xml १२:३० अपराह्न
समाज

रौतहटमा गोली प्रहार भएको ठाउँबाट इटालियन पेस्तोल बरामद

रौतहटको परोहा ९ मा मनी ट्रान्सफर सञ्चालकमाथि भएको गोली प्रहार घटनाबाट प्रहरीले हतियार बरामद गरेको छ। गोली लोड गरिएको अवस्थामा प्रहरीले सेभन एमएमको पेस्तोल बरामद गरेको हो।

नेपाल–भारत सीमा क्षेत्रसँगै जोडिएको बाँसको झ्याङबाट प्रहरीले पाँच राउन्ड गोली लोड अवस्थामा रहेको पेस्तोल बरामद गरेको हो। घटनापछि स्थानीयले लखेट्न थालेपछि अपराधी भारततिर भाग्ने क्रममा बाँसको झ्याङमा हतियार फालेर गएको बुझिएको छ। 

प्रहरीले घटनास्थलवरपर सर्च अभियान चलाएको छ। सोही क्रममा हतियार फेला परेको हो। प्रहरीले बरामद गरेको पेस्तोलमा मेड इन इटाली लेखिएको छ। यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताएका छन्।

प्रकाशित: २ चैत्र २०८० १८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App