१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कपडामा सांस्कृतिक कथा

उनको उमेर समूहका युवाहरू रोजगारीका लागि भौंतारिइरहेका छन्। कति त विदेश गइसके। तर, उनले नौ जनालाई रोजगारी दिएकी छन्। काठमाडौंकी एरिना श्रेष्ठ भर्खर २९ वर्षकी भइन्।

उनले उद्यमशीलता सुरु गरेको भने पाँच वर्ष भइसकेको छ। २३ वर्षकै उमेरमा ‘लाखे नेपाल’ ब्रान्डका लुगा उत्पादन सुरु गरेकी एरिना युवा उद्यमीका रूपमा स्थापित हुँदै छिन्।

एलेवलको अध्ययनपश्चात् फेसन डिजाइनर अध्ययन गरेकी एरिनाले महिला र पुरुषका लागि लुगा तयार गर्छिन्। कपडाका ब्रान्डमार्फत नेपाली शिल्पकला र संस्कृति प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरेको श्रेष्ठ बताउँछिन्।

स्थानीय कालीगढको प्रयोग गरी नेपालको विविध सांस्कृतिक सम्पदा, परम्परागत प्रविधि र समसामयिक डिजाइनको फ्युजनमार्फत लुगाहरू बनाउने गरेकी छन्। कपडामा नेपाली संस्कृतिका कथा बुन्ने गरेको उनले बताइन्।

सानैदेखि उद्यमी बन्नुपर्छ भन्ने सोचले गार्मेन्ट उद्योग सञ्चालन गरेको उनले बताइन्। ‘लाखे नेपाल’ ब्रान्डका कपडा स्वदेशमा मात्र नभएर युरोप र अस्टे«लिया निर्यात गर्ने योजनासहित काम गरेको उनले बताइन्।

‘विदेशी बजारमा पनि माग छ,’ उनले भनिन्, ‘नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउने योजना छ।’

यो पनि पढ्नुहोस्

नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिला

प्रकाशित: २५ फाल्गुन २०८० १०:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App