१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

‘खाली खुट्टै’ पैदल प्रदर्शनमा घोराहीका मोही किसान

खाली खुट्टै पैदल प्रदर्शनमा मोही किसान।

स्वर्गद्वारी आश्रमको जग्गामा एकल स्वामित्व कायम गरिनुपर्ने भन्दै आश्रमका मोही किसानहरुले खाली खुट्टै पैदल हिँडेर प्रदर्शन गरेका छन्।

मोही किसानहरु आश्रमको जग्गामा आफुहरुको एकल स्वामित्वको माग गर्दै गत ८ गते देखि घोराहीमा आन्दोलनरत छन्।

मोही हक कायम गरिनुपर्ने, गुठी जग्गा रैकर हुनुपर्ने लगायतका नाराबाजी गर्दै खाली खुट्टा प्रदर्शनमा उत्रिएका उनीहरूले घोराही बजार परिक्रमा गरेका थिए।

मोही जग्गामा मोही किसानहरूको एकल स्वामित्व कायम नहुँदा जीविकोपार्जनमा समस्या रहेको भन्दै किसानहरु आन्दोलित बनेका हुन्।

उनीहरूले गुठी विधेयक संसद्मा टेबल हुनुपर्ने माग गरेका छन्। यो विधेयक संसद्मा टेबल नभएसम्म आन्दोलन जारी राख्ने समेत उनीहरुले बताए।

सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले भने, ‘गुठी पीडित किसान बाध्य भएर आन्दोलनमा उत्रिएका हुन्, सरकारले संसद्मा गुठी विधेयक टेबल नगर्दासम्म आन्दोलनबाट पछि हट्दैनौँ।’

स्वर्गद्वारी आश्रम प्युठानको नाममा दर्ता श्रेष्ता कायम भएको दाङमा रहेको १ हजार ५० बिगाहा जग्गामध्ये ७ सय ५३ बिगाहा जग्गामा ३ हजार बढी किसानहरूको मोही रहेको छ।

स्वर्गद्वारी आश्रमको दाङको घोराही, तुलसीपुर र लमहीका विभिन्न क्षेत्रमा जग्गा रहेको छ। उक्त जग्गाबाट स्वर्गद्वारी आश्रमले कुनै पनि आयस्रोत पाउन सकेको छैन।

प्रकाशित: १५ फाल्गुन २०८० १८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App