१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

न्युजिल्याण्डमा दुतावास खोल्न अनुरोध

प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउँदै एनआरएनए न्युजिल्याण्डका अध्यक्ष लाल केसी। तस्बिरः नागरिक

गैरआवासीय नेपाली संघ न्युजिल्याण्डले नेपाली दुतावास स्थापनाको माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ। प्रधानमन्त्री निवास वालुवाटार पुगेर संघले दुतावास नहुँदा न्युजिल्याण्डमा रहेका नेपालीलाई समस्या भएकाले दुतावास स्थापना आवश्यक रहेको गैर आवासीय नेपाली संघ न्युजील्याण्डले बताएको छ ।  

गैर आवासीय नेपाली संघ न्युजिल्याण्डका अध्यक्ष लाल केसीका अनुसार २० हजारभन्दा बढी न्युजिल्याण्डमा र प्रशान्त द्वीप क्षेत्रमा करिब १० हजार गरी ३० हजारभन्दा बढी नेपालीको बसोबास गर्छन। न्युजिल्याण्डमा दुतावास स्थापना हुँदा ३० हजार नेपालीलाई सहज हुने अध्यक्ष केसीद्वारा बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ।  

अष्टे«लियामा झण्डै १ लाख ५० नेपाली रहेको र अष्टे«लियामा रहेको नेपाली दुतावासले त्यहाँ रहेका नेपालीको समस्या समाधान गर्न धौधौ रहेको अवस्थामा न्युजिल्याण्ड र प्रशान्तद्वीप क्षेत्रमा बासेबास गर्ने नेपालीको समस्या समाधान गर्न झनै कठिन भएको अध्यक्ष केसीको भनाई छ। नेपालीले पासर्पोटमा प्रयोग हुने बायोमेट्रिक नमुना संकलन दुतावासबाट मात्रै हुने, हराएको पासर्पोट बनाउन वा पासर्पोट नविकरण गर्न जाँदा अष्टे«लियाले सजिलै भिषा नदिदाँ धेरै नेपालीको बिचल्ली, खर्चिलो  हुने गरेको पनि उनले प्रधानमन्त्री दाहाललाई जानकारी गराएका थिए।  

‘न्यूजिल्याण्डबासीसँग नेपालीको राम्रो सम्बन्ध छ, हिमाल आरोहणबाट जोडिएको सम्बन्ध अहिले पनि बलियो छ,’ अध्यक्ष केसीले भने। उनले दुतावासको स्थापनापछि न्युजिल्याण्डको कृषि प्रविधिको आदान–प्रदान तथा त्यहाँबाट समेत नेपाली किसानले प्रत्यक्ष लाभ लिन सक्ने भएकाले दुबै देश बीचको सहकार्यका लागि समेत दुतावास स्थापनापछि राम्रो हुने बताए ।  

ज्ञापनपत्रमा भनिएको छ, ‘यसअघि पनि पटकपटक नेपाल सरकारको ध्यानाकर्षण गराईसकेका छौं। प्रधानमन्त्रीले न्युजिल्याण्डमा नेपाली दुतावास स्थापनाका लागि पहल गर्ने आश्वासन दिएको गैर आवासीय नेपाली संघ न्युजिल्याण्डले जनाएको छ।  

प्रकाशित: ११ फाल्गुन २०८० १५:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App