२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ट्रक पल्टिँदा तीनजना बालबालिकाको मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका ४ को प्रगति टोलमा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीनजना बालबालिकाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

बिहान ६ बजेतिर मार्बल लिएर आउँदै गरेको आरजे २९ जीबी १५६१ नम्बरको भारतीय ट्रक साँघुरो सडकमा पल्टिएको थियो। घटनास्थलबाट मृत तीन बालबालिकाको शव फेला परेको छ। एकजना घाइते रहेका छन्।

शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको मोरङ प्रहरीका प्रवत्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। घाइतेलाई उपचारका लागि विराट् शिक्षण अस्पतालमा पठाइएको छ।

कच्चा पर्दाथ बोकेर उद्योगतर्फ जाँदै गरेको लरी गाडी घरमा पल्टिएको थियो। घरमा भित्र बसेका चारजनालाई मालवाक सामान बोकेको लरीले थिचेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ फाल्गुन २०८० १३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App