१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

नेपालको तराई भूपरिधी कार्यक्रम संयुक्त राष्ट्र संघको ‘वर्ल्ड रेस्टोरेशन फ्ल्यागसिप’ मा समावेश

स्थानीय समुदायले नेपालमा ६६ हजार ८ सय हेक्टर वनको संरक्षण गरेर जैविक विविधता मा योगदान गरेबापत नेपालमा कार्यान्वयन भइरहेको एक परियोजनालाई संयुक्त राष्ट्र संघले ‘यूएन वर्ल्ड रेस्टोरेशन फ्लागसिप’मा समावेश गरेको छ।

नेपालस्थित संयुक्त राष्ट्र संघको आवासीय कार्यालयले मंगलबार जनाएअनुसार संयुक्त राष्ट्र संघले मंगलबार सम्मान गरेको विश्वका ७ परियोजनामा नेपालमा कार्यान्वयन भइरहेको तराई भूपरिधी (तराई आर्क ल्यान्डस्केप) कार्यक्रम पनि परेको छ।

सन् २००१ मा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सक्रियतामा सुरु गरिएको यो परियोजना अन्तर्गत काठमाडौँभन्दा १३ गुणा बढी क्षेत्रफल भएको वन क्षेत्रलाई संरक्षण गरिएको छ। यही संरक्षणका कारण बाघको सख्या १२१ बाट ३५५ पुगेको बताइएको छ।

भारत र चीनसँग जोडिएको क्षेत्रमा कार्यान्वयन भइरहेको यो परियोजनामा ४० हजार सामुदायिक संस्थाका सदस्यहरू आबद्ध छन्। संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम (यूएनइपी) र खाद्य तथा कृषि नियोग९एफएओ०को सक्रियतामा ‘वर्ल्ड रेस्टोरेसन फ्लागसिप पुरस्कार’ सुरु गरिएको हो।

यो पुरस्कार प्राप्त भएसँगै तराइ भूपरिधी परियोजनाले नेपाल र भारत समेत गरी कुल ३ लाख ५० हजार हेक्टर क्षेत्रको संरक्षणका लागि प्राविधिक तथा वित्तीय सहयोग पाउने बताइएको छ। ‘सीमा वारपार क्षेत्रमा कार्यान्वयन भइरहेको यो परियोजनाले ल्यान्डस्केप अवधारणा अन्तर्गत संरक्षणलाई अगाडि बढाएको छ,’ वन मन्त्री डा विरेन्द्र प्रसाद महतोले भनेका छन्।

ल्यान्डस्केप अवधारण अन्तर्गत सर्वसाधारणको हित, प्रकृतिको संरक्षण र वातावरणीय चुनौतीको सम्बोधन गर्ने गरिन्छ। यूएनइपीका कार्यकारी निर्देशक इन्गर एन्डर्सनले यो परियोजनाले मानिस र प्रकृतिको सम्बन्धलाई प्रगाढ पारेको बताए।

प्रकाशित: १ फाल्गुन २०८० १७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App