११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

आज २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

आज २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूल नाराका साथ आज यो दिवस मनाइँदै छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १९९० सालको विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्न भूकम्प सुरक्षा दिवस मनाउन लागेको बताएको छ।

भूकम्पले क्षति पु¥याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र संघसंस्थाले दिवसलाई जागरण फैलाउन दिनका रूपमा यो दिवस मनाउने गरिन्छ।

चन्द्रागिरी नगरपालिकामा भूकम्प सुरक्षा दिवस मूल समारोह हुने र प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका उप–सचिव एवं प्रवक्ता ध्रुव बहादुर खड्काका अनुसार भूकम्पबाट कसरी सुरक्षित रहने र संरचना कसरी सुरक्षित बनाउनेभन्नेबारे प्रदर्शनी गरिनेछ। आजदेखि तीन दिनसम्म राष्ट्रिय गोष्ठी आयोजना हुनेछ।  

प्रकाशित: २ माघ २०८० ०१:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App