१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

बजार बन्द गराउन हिँडेका गाउँपालिका उपाध्यक्षसहित बन्दकर्ता पक्राउ

टिप्परको ठक्करबाट दुईजनाको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै बजार बन्द गर्न खोजेका गाउँपालिका उपाध्यक्षसहित बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्यूठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलसहित घोराही बजार बन्द गर्न खोजेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा शुक्रवार राति टिप्परको ठक्करबाट ज्यान गुमाएका प्युठान निवासी दुई युवाका आफन्तले न्याय नपाएको भन्दै आज बिहान सडकमा टायर बालेर आन्दोलनमा उत्रिएका थिए।

घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरबाट घोराही आउँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले रा २ प ५५८९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा गम्भीर घाइते हुनुभएका प्युठान झिमरुक गाउँपालिका–४ बाङ्गे निवासी १८ बर्षीय विशाल जिसी र नौबहिनी गाउँपालिका लुङ निवासी १८ वर्षीय सागर केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञा प्रतिष्ठानमा मृत्यु भएको थियो।

पीडित पक्षले क्षतिपूर्ति बापत १०–१० लाख पाउनु पर्ने, किरिया खर्च पचास–पचास हजार पाउनुपर्ने, नयाँ मोटरसाईकल किनिदिनुपर्ने, मृतकका नाममा स्मारक बनाउनुपर्ने तथा शवलाई प्युठानसम्म टिप्पर व्यवसायी समितिले पुर्‍याईदिनुपर्ने माग रहेका छन्। मृतकका आफन्तहरुले शव पनि बुझेका छैनन्।

प्रकाशित: १ पुस २०८० ०५:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App