२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अभियन्ता ईः ले ललितपुर महानगर अगाडि १०८ मिनेट उभिएर प्रदर्शन गर्ने

सामाजिक अभियन्ता ईः ले ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट उभिएर प्रदर्शन गर्ने भएका छन्।

अभियन्ता ईःले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत महानगरको फुटपाथ बजारहरू हटाउने निर्णयविरुद्ध १०८ मिनेट उभिएर प्रदर्शन गर्ने बताएका हुन्।

उनले भोलि (मंगलबार) दिउँसो ३ बजेदेखि महानगर अगाडि उभिने बताएका छन्। ललितपुरको सपना नमार्न भन्दै उनले साँझ(बिहान फुटपाथ निषेध गर्ने निर्णयबारे पुनर्विचार गर्नसमेत महानगरलाई आग्रह गरेका छन्।

उनले फुटपाथलाई विस्थापन नभएर व्यवस्थापन गर्न समेत आग्रह गरेका छन्।

यसअघि अभियन्ता ईः ले काठमाडौं महानगरपालिका अगाडि निरन्तर ९ दिनसम्म उभिएर प्रदर्शन गरेका थिए। 

प्रकाशित: २५ मंसिर २०८० १२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App