१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नवराज विकसहित ६ जनाको हत्या मुद्दाको फैसला आज

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दाको फैसला आज हुने भएको छ।

वादी प्रतिवादीको तर्फबाट मुद्दा माथिको बहस साढे १२ बजे जिल्ला अदालत रुकुम पश्चिममा बहसमा सकिइसकेको बहसमा सहभागी अधिवक्ताहरूले जानकारी दिए।वादी÷प्रतिवादीबिचको आइतवारदेखि सुरु भएको भई बुधवार बिहान सकिएको हो।

तीन वर्ष अघि नवराज विक सहित ६ जनाको हत्या भए पछि जिल्ला अदालत रुकुममा बहस सुरु भएको थियो।तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछुतको मुद्दामाथि रुकुम पश्चिमका जिल्ला न्यायाधीश खड्गबहादुर केसीको इजलासमा  सुनुवाइ चलेको थियो।

२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४, राना गाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा पुगेका थिए।त्यही बेला उनीहरूमाथि सोती गाउँका स्थानीयले सामूहिक आक्रमण गर्दा नवराज सहित ६ जनाको ज्यान गएको थियो।मृतक  नवराज विकसहित ६ जना उनका साथीहरूको शव भेरी नदी किनारमा खोजी गर्दा फेला परेका थिए।

सामूहिक आक्रमणबाट मृत्यु हुनेमा नवराज विक सहित उनका साथीहरू  टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार,सन्दीप विश्वकर्मा  र गोविन्द शाही थिए।नवराजका बुवा मुनलाल नेपालीको जाहेरीका आधारमा सो घटनामा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्धा चलेको छ।उनीहरूमध्ये ११ जना तारेखमा छुटिसकेका छन् भने २३ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए।

प्रकाशित: १९ मंसिर २०८० ०८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App