७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

उपरथी सिग्देल रथीमा सिफारिस

नेपाली सेनाले रिक्त रहेको रथी पदमा उपरथी अशोकराज सिग्देलको नाम सिफारिस गर्दै भावी प्रधानसेनापतिको रुपमा अघि सारेको छ।

सैनिक मुख्यालयमा शुक्रवार बसेको सेनाको बढुवा समितिले सिग्देललाई रथी पदमा बढुवा सिफारिस गरेसँगै भावी प्रधानसेनापतिको रुपमा हेरिएको हो। 

सेनाले रथी सिताराम खड्काको अध्यक्षतामा बढुवा समिति गठन गरेको थियो। बलाधिकृतरथी सरोज प्रताप राणाले अवकाश पाएपछि वरियतामा अघि रहेका उपरथी ताराध्वज पाण्डेलाई सेनाको बोर्डले रथी बढुवाका लागि सिफारिस गरेको थियाे। तर उनको उमेर विवाद देखिएपछि  राजीनामा दिएर बाहिरिए।  पाण्डेको राजीनामा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वकृत गरेपछि सिग्देलको बढुवा प्रक्रियाका लागि जंगी अड्डाले  सिफारिस गरेकाे हो।

 उपरथी सिग्देलको उमेर पनि उमेर विवाद रहेकाे छ। उमेर विवादबारे मंसिर ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि उजुरी परेको छ। आयोगले उजुरीबारे छानबिनका लागि पत्राचार गर्न नपाउँदै सेनाले सिग्देलको बढुवा सिफारिस गरेको हो।

प्रकाशित: ८ मंसिर २०८० १३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App