२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

‘जोडी अभिभावकले हुर्काएका सन्तान समृद्ध’

एकल अभिभावकले हुर्काएका भन्दा दुई अभिभावकले हुर्काएका सन्तानले तुलनात्मक रूपमा सुविधाजनक जीवन बाँच्ने गरेको एक अध्ययनले देखाएको छ । दुई दशक लगाएर गरिएको उक्त अध्ययनले पति–पत्नीले सँगै रही हुर्काएका सन्तान समृद्ध हुने निष्कर्ष निकालेको हो ।  

एकल अभिभावकका सन्तानले सामाजिक असमानता र गरिबी बढी भोग्ने गरेको अमेरिकी अर्थशास्त्री मेलिसा एस कियर्नीले बताएकी छन् । वैवाहिक जीवनमा बाँधिएकाले एकले अर्कालाई सहयोग गर्ने र त्यसले जीवन सहज बनाउने मात्र नभएर सम्पत्ति पनि बढ्दै जाने गरेको देखिएको छ । यस्तो अवस्थामा बालबालिकालाई पछिसम्म सहयोग पुग्ने गरेको पाइएको छ ।

यसका बाबजुद वैवाहिक जीवनप्रति आकर्षण घटिरहेकामा मेलिसाको चिन्ता छ । खासगरी पढेलेखेका र धनीमानी नै पारपाचुके र एकल जीवनप्रति आकर्षित हुन थालेकामा उनले आश्चर्य प्रकट गरेकी छिन् । धन र वैवाहिक जीवनबारे लामो समयदेखि अमेरिकामा बहस चल्दै आएको छ ।

‘एकल महिला हुनु अपराध हो झैं गरी शीर्षक राखिएकामा केहीको आपत्ति थियो,’ मेलिसा भन्छिन्, ‘जतिसुकै हिंसा भए पनि बिहे जोगाउनुपर्ने यस्ता किताबले पैरवी गरिरहेका छन् भन्ने उनीहरूको भनाइ थियो । तर मेरो किताबको उद्देश्य त्यो बिल्कुलै होइन ।’ 

वैवाहिक जीवन व्यवस्थित हुनुका साथै यसले आर्थिक स्थिरता पनि बढाउने देखिएको कुरालाई केही अर्थशास्त्रीले जोड दिए पनि प्रायःले यसबारे छलफल गर्न नरुचाएको मेलिसाले बताइन् । त्यसपछि वैवाहिक जीवनमा त्यस्तो खास के कारण छ, जसले स्थिरता ल्याउँछ भन्नेबारेको खोजलाई मेलिसाले ‘द टु प्यारेन्ट प्रिभिलेज’ पुस्तकमा खोतलेकी छिन् । युनिभर्सिटी अफ सिकागो प्रेसले बजारमा ल्याउन लागेको यो पुस्तकलाई झन्डै केहीले रोक्ने प्रयाससमेत गरेका थिए ।  

रोक्नेहरूले विवाह नै सबैथोक हो भन्ने मानक प्रस्तुत गर्न खोजेकामा विश्वविद्यालयसँग असन्तुष्टि पोखेका थिए । केहीले त यस्तो किताब निस्कनु विश्वविद्यालयकै इज्जतमा दाग लाग्नसक्ने डरसमेत देखाएका थिए । पछि विश्वविद्यालयले यसमा प्रयुक्त तथ्यांकलाई कसैले पनि काट्न नसकेको भन्दै पुस्तकलाई बजारमा लैजाने निर्णय गरेको थियो ।

किताबमार्फत घट्दो वैवाहिक सम्बन्धलाई चाँडै सम्बोधन गर्नुपर्ने जिकिर मेलिसाले गरेकी छिन् । तर केहीले यो पुस्तकको शीर्षकमाथि नै आपत्ति जनाएर इमेल र ट्विटरमा तितो पोखेका थिए । ‘एकल महिला हुनु अपराध हो झैं गरी शीर्षक राखिएकामा केहीको आपत्ति थियो,’ मेलिसा भन्छिन्, ‘जतिसुकै हिंसा भए पनि बिहे जोगाउनुपर्ने यस्ता किताबले पैरवी गरिरहेका छन् भन्ने उनीहरूको भनाइ थियो । तर मेरो किताबको उद्देश्य त्यो बिल्कुलै होइन ।’ 

अमेरिकामा सन् १९९१ ताका एक हजार जनामध्ये नयाँ विवाह गर्ने जम्मा ९.२ जना थिए । सन् २०१९ मा त यो ६.१ मा झरेको थियो । एक तिहाइले यो घट्न पुगेको थियो । 

त्यसो त मेलिसाले पछिल्ला दशकमा महिला सशक्तीकरण बढिरहेका कारण महिलामा सन्तान पाल्न सक्छु भन्ने आत्मविश्वास बढ्दै गर्दा पारपाचुके दर निकै बढेको देखेकी छिन् । यस्तोमा हामी सक्छौं भन्ने भावना महिलामा आउनु सकारात्मक कुरा भएको देख्दा स्वयं मेलिसालाई पनि खुसी लागेको छ ।

अमेरिकामा सन् १९९१ ताका एक हजार जनामध्ये नयाँ विवाह गर्ने जम्मा ९.२ जना थिए । सन् २०१९ मा त यो ६.१ मा झरेको थियो । एक तिहाइले यो घट्न पुगेको थियो । बेलायतमा त यो अझ डरलाग्दो छ । सन् २०१९ मा प्रत्येक हजार व्यक्तिमा नयाँ विवाह गर्नेहरू ३.७ जना मात्र थिए । सन् १९९१ को तुलनामा यो ४० प्रतिशतले कम हो । कम विवाह हुँदा एउटा आर्थिक फाइदाबाट युवा वञ्चित हुने मेलिसाको भनाइ छ । र, महिलाहरू अझ बढी आर्थिक संकटमा पर्ने उनको भनाइ छ ।  

तथ्यांकले अर्को पक्ष पनि देखाएको छ । आर्थिक रूपमा समृद्ध व्यक्ति विवाहका लागि बढी इच्छुक देखिएका छन् । म्यारिज फाउन्डेसन नामक संस्थाले गरेको शोधअनुसार ९० प्रतिशत नयाँ आमा सम्पन्न छन् । बेलायती गरिबहरूको विवाह नगर्ने दर २० प्रतिशतभन्दा बढी छ । 

अमेरिका र बेलायती अभिभावकको अवस्था हेर्दा त्यो प्रस्टिने मेलिसाको अध्ययनले बताउँछ । सँगै बसेका तर बिहे नभएकाहरूको सम्बन्ध चाँडै अन्त्यसमेत हुने गरेको देखिएको छ । 

सन्तान जन्मिएपछि अभिभावक जोडीमा पैसा कमाउन बढी जोड दिने गरेको पनि देखिएको छ । दुई अभिभावकमा हुर्किएका बालबालिकाले गरिबी छल्न सफल भएको पनि तथ्यांकले पुष्टि गरेको मेलिसा बताउँछिन् । त्यस्ता बालबालिका विद्यालयमा हुने विभिन्न समस्या झेल्न सफल हुने र उच्च शिक्षाका लागि तयार हुने गरेको देखिएको छ । बिहे नै नगरी सन्तान हुर्काउन खोज्नेहरूले भने बालबालिकालाई सोही स्तरको फाइदा दिन नसक्ने पनि तथ्यांकले देखाएको छ ।  

अमेरिका र बेलायती अभिभावकको अवस्था हेर्दा त्यो प्रस्टिने मेलिसाको अध्ययनले बताउँछ । सँगै बसेका तर बिहे नभएकाहरूको सम्बन्ध चाँडै अन्त्यसमेत हुने गरेको देखिएको छ । वैवाहिक सम्बन्धले लामो अवधिको समर्पण देखाउने र त्यसबाट सिर्जित सम्बन्धका अन्य सेतुहरूले सन्तानलाई निकै फाइदा दिने गरेको देखिन्छ । सेतुले बालबालिकाको उन्नयनमा ठुलो सहयोग गर्ने गरेको मेलिसाको अध्ययनले देखाएको छ ।  

अमेरिकामा अधिकतर अविवाहित अभिभावकले एकअर्काले निकै माया गर्ने भए पनि सन्तानको पाँचौंदेखि १४औं जन्मदिनसम्म मात्र प्रतिबद्ध भएको देखिएको छ । त्यसपछि उनीहरू पनि छुट्टिने गरेको पाइएको छ ।  

सरकारहरूले नीति बनाउँदा एक्लै सन्तान हुर्काइरहेका आमा र तिनका सन्तानबारे निकै सोचविचारका साथ सहयोग गर्ने हेतुले बनाउनुपर्ने । 

बेलायतमा विवाहित अभिभावक ८८ प्रतिशतसम्म आफ्ना सन्तानको पाँचौं जन्मदिनसम्म सँगै हुने गरेका छन् । त्यस्तै अविवाहित जोडीका सन्तान जन्मिएपछिका पाँच वर्षसम्म ६७ प्रतिशत मात्र सँगै हुने देखिएको छ । प्रत्येक तीनमध्ये एउटा सम्बन्ध अन्त्य हुने गरेको अध्ययनले देखाएको छ । यी सारा तथ्यका बाबजुद विवाह र सम्पत्तिबीचको सम्बन्ध देखाउन सकिने लेखिका मेलिसाको छ ।

यो गम्भीर मामिला हो र संसारको ध्यानाकर्षण गर्न जरुरी छ भन्ने विरलै व्यक्तिलाई लाग्ने गरेको उनी बताउँछिन् । सरकारहरूले नीति बनाउँदा एक्लै सन्तान हुर्काइरहेका आमा र तिनका सन्तानबारे निकै सोचविचारका साथ सहयोग गर्ने हेतुले बनाउनुपर्ने उनी बताउँछिन् । त्यसपछि मात्र स्थिर वैवाहिक सम्बन्ध कसरी अघि बढाउन सकिन्छ, त्यसका लागि मुलुकले कस्ता नीतिनियम तथा कानुन बनाउन आवश्यक हुन्छ भन्नेतर्फ पनि गम्भीर भएर सोच्न ढिला भएको मेलिसा बताउँछिन् ।

प्रकाशित: १६ आश्विन २०८० ०१:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App