२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एनसेल फोरजी पश्चिमका दुर्गम जिल्लामा विस्तार

मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ । 

एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवाविस्तार अभियानअन्तर्गत उक्त ठाउँका स्थानीयलाई डिजिटल कनेक्टिभिटी र प्रविधिले प्रदान गर्ने अवसरसँग जोड्दै फोरजी सेवा सुरु गरेको जनाएको छ ।

फोरजी सेवा सुरु गर्न एनसेलले गत एक महिनामा ठुलीभेरी नगरपालिका (डोल्पा), छायानाथ रारा नगरपालिका (मुगु), बडिमालिका नगरपालिका (बाजुरा) र सिमीकोट गाउँपालिका (हुम्ला)मा एक–एक गरी चारवटा फोरजी बेस ट्रान्ससिभर स्टेसन (बिटिएस) स्थापना गरेको छ । कम्पनीले भि–स्याट प्रविधिलाई प्रतिस्थापन गर्दै फोरजी सेवा सञ्चालन गरेको हो । 

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले पछिल्लो विस्तारपश्चात् कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्लालाई फोरजीले जोडेको बताए । यसले सरकारको डिजिटल नेपालको परिकल्पना र डिजिटल समावेशी समुदायको निर्माणमा योगदान पु¥याउने उनले बताए ।

प्रकाशित: २९ भाद्र २०८० ०३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App