५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

रंगशाला बन्यो गाैशाला

जिल्लाकै नमुनाका रुपमा रहेको कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित रंगशाला केही महिना यता भने गौशालाकारुपमा परिणत भएको छ। बुद्धपदम उमाबिको नाममा रहेको सो रंगशाला यति बेला गाईगोरु, घोडा गद्या लगायतका चापायाको बास स्थानकारुमा परिणत भएको हो। 

रंगशालाको तारबार र संरक्षण नहुदा अहिले त्यहा सयौ छाडा चौपाया बस्ने र चर्ने गरेका छन्। लामो सयम देखि प्रयोगबिहीन अस्स्थामा रहेको रंगशाला केही बर्ष यता कपिलवस्तु महोत्सव लगाउने स्थल, गाडी सिक्ने ठाउ, चौपाया बस्ने ठाउकारुपमा परिणत भएको स्थानीयबासी बताउछन्। बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अजाद अहमद दर्जीले बजेट अभावले तारबार र संरक्षण गर्न सक्दा जिल्ला कै संपत्तिकारुपमा रहेको रंगशाला अहिले गौचरण भएको बताए।

बिद्यालयसंग रंगशाला सरक्षण र निर्माणको बजेट नहुदा रंगशाला दयनीय अवस्थामा रहेको उनले बताए। रंगशालामा फुटवल, क्रिकेट, राष्ट्रपति रनिङ  शील्ड लगायतका प्रतियोगीता समेत हुने गरे पनि यति बेला भने चौपाया चरणस्थल बनेको उनले बताए।

‘हामीले जिल्लाका १० वटै पालिकालाई रंगशालाको संरक्षण र निर्माणका लागि अपील गर्दा पनि कसैले वास्ता राख्दैनन’ उनले भने। सामान्य बर्षा हुदा समेत पानी जमेर रंगशाला पोखरी जस्ते बन्ने गर्छ। अध्यक्ष दर्जीले रंगशाला जिल्ला कै नमुना र सम्पत्ति भएको तर तीनै तहको सरकारले वास्ता नगर्दा दयनीय अवस्थामा पुगेको बताए। उनले रंगशाला निर्माणकालागि आफुले बिभिन्न सरकारी निकायमा प्रस्तावना समेत पेश गरको बताए। 

उता मेयर सुदीप पौडेलले जिल्लाकै नमुनकारुपमा रहेको रंगशाला चरणस्थल बनेकोमा आफुलाई समेत दुःख लागेको बताए । उनले छाडा चौपायको बुद्धभुमीको गब्दाहवामा चाडै ब्यवस्थापन गरिने बताए । उनले रंगशाला निर्माणकालागि बजेट बिनियोजन भएको र चालु् आर्थिक बर्ष देखि नै काम सुरु हुने बताए । ४ बर्ष अघि समेत रंगशाला निर्माणकालागि बजेट बिनियोजन भई डिपिआर निर्माणको प्रकृया समेत अघि बढाइएको थियो । त्यहाको स्वायल टेस्ट समेत गरिएको थियो । तर बिद्यालय ब्यवस्थापन समिति र नगरपालिको बिचमा केही कुरामा बिवाद हुदा काम सुरु नै भएको थिएन । उता रंगशालाको दक्षिण तर्फ रहेको मंच र त्यहा कोठा समेत जिर्ण भएका छन । मंचका कोठाहरु शौचालय बनेको छ । त्यहा फोहर र दुर्गन्धले छिर्न समेत नसकिने अवस्थामा रहेको खेलाडीहरु बताउछन ।  

प्रकाशित: ९ भाद्र २०८० ०६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App