७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

निकुञ्जमा एक वर्षमा एक सय १७ जनावर मरे

गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा एक सय १७ वटा जनावर मृत फेला परेका छन्। निकुञ्ज र मध्यवर्ती सामुदायिक वन क्षेत्रमा १७ प्रकारका जनावर मृत अवस्थामा भेटिएका हुन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका जनावरमध्ये प्राकृतिक कारणले मरेका धेरै रहेका छन्। उनका अनुसार प्राकृतिक कारणले ८० जनावर मरेका छन्। कुकुरले टोकेर २६ वटा जनावर मरेका छन्। यस क्षेत्रमा सो समयमा ५५ वटा चित्तल, चोरीशिकारीबाट दुईसहित २२ वटा गैँडा, घडियाल गोही नौ वटा, जरायो सात वटा, गौरी गाई, अर्ना र बाघ तीनरतीन वटा मृत फेला परेका छन्।

हात्ती, बँदेल, कछुवा, मगरगोही र रतुवा दुईरदुई वटा मृत अवस्थामा भेटिएको उनले जानकारी दिए।  दुम्सी, स्याल, धनेश, लगुना, जरायो, चितुवा एक/एक वटा मृत अवस्थामा भेटिएका हुन्। सोही समयमा एक सय ४२ वटा जनावरको उद्धार गरिएको निकुञ्जको तथ्याङ्कले देखाएको छ। जसमध्ये अजिङ्गर ८६ वटा, सर्प १९ वटा, चित्तल १३ वटा, गैँडा र बाघ छरछ वटा, घडियाल गोही पाँच वटाको उद्धार गरिएको छ। यस्तै कछुवा दुई वटा, गोहोरो, सालक, मगर गोही, जरायो र सुन गोहरो एकरएक वटाको उद्धार गरिएको तिवारीले जानकारी दिए।

उद्धार गरिएकामध्ये एउटा बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज, एउटालाई चितवन राष्ट्रिय निकुञ्जमा छोडिएको छ। अन्य बाघ निकुञ्जको खोरमा राखिएको उनले जानकारी दिए। अन्य जनावरलाई उनीहरुको अवस्था हेरी सुरक्षित बासस्थानमा छोडिएको छ।

प्रकाशित: ७ श्रावण २०८० १५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App