१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

इलाममा जेठी श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

इलामको माइजोगमाई गाउँपालिका–२, जोगमाईको टारसिङ गाउँमा पतिले पत्नीको हत्या गरी आत्महत्या गरेका छन्। गएराति स्थानीय अन्दाजी ५६ वर्षे पीताम्बर खतिवडाले आफ्नी जेठी श्रीमती ५२ वर्षीया राधिका खतिवडाको हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब साढे १० बजेतिर राधिका घरमा एक्लै रहेको अवस्थामा चिच्याएको आवाज सुनेपछि छिमेकीको घरमा रहेकी उनकै छोरी रचना दगुर्दै आफ्नो घर पुगेकी थिइन्। घरमा ढोकाको बाहिरपट्टि चुकुल लगाएको पाएपछि खोलेर भित्र पस्दा आफ्नी आमा रगताम्य भएर लडिरहेको देखेपछि उनले छिमेकीलाई गुहारेकी थिइन्।  

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेका अनुसार घटनाको खबर पाएपछि गोर्खे र जौबारीबाट पुगेको प्रहरी टोलीले राधिकाको बायाँ गालामा गहिरो चोट लागेको अवस्थामा मृत फेला पारेको हो। ‘पीताम्बरले नै उनको हत्या गरेको हुनसक्ने थाहा पाएपछि अनुसन्धानक्रममा खोजी गर्दा घरबाट करिब सय मिटरमा रहेको निबारोको रुखमा पीताम्बरले पनि पासो लगाएर आत्महत्या गरेको भेटिएको छ,’ एसपी घिमिरेले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ।’ खतिवडाको परिवारमा प्रायः अंशबन्डाको विषयमा वादविवाद हुनेगरेको स्थानीयले जनाएका छन्। 

प्रकाशित: २२ असार २०८० ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App