१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पूर्व प्रहरीले गरे रेशम चौधरीको रिहाइको विरोध

फाइल तस्वीर

सरकारले गणतन्त्र दिवसका अवसरमा कैद सजाय भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहाइ गरेकोमा नेपाल पूर्व प्रहरी संगठनले विरोध जनाएको छ।

सरकारले चौधरीलाई रिहाइ गरेकोमा विरोध जनाउँदै नेपाल पूर्व प्रहरी संगठन परिवारले मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको कार्यालय र गृह मन्त्रालयमा ज्ञापनपत्र पठाएका छन्। नेपाल पूर्व प्रहरी संगठन परिवारका केन्द्रीय अध्यक्ष बद्रीविक्रम थापाले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारले चौधरीलाई आममाफी दिनु त्रुटिपूर्ण भएको उल्लेख गरेका छन्।

थापाले बुझाएको ज्ञापनपत्रमा चौधरीलाई सरकारले गरेको आममाफीको निर्णय तत्काल पुनर्विचार गर्नुपर्ने उल्लेख गरेका छन्। २०७२ सालमा कैलालीको टीकापुरमा ७ जना प्रहरीसहित एकजना नाबालकको अमानवीय तवरले भएको वीभत्स हत्याका योजनाकार रेशम चौधरी लगायतका हत्यारालाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी दिइएकोमा यस संगठन परिवारको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ।

 ज्ञापनपत्रमा भनिएको छ-सम्मानित सर्वाेच्च अदालतले समेत निर्मम हत्याको दोषी ठहर गरी फौजदारी अपराधमा आजन्म कैद सजाय पाएका व्यक्तिलाई विधि, प्रक्रिया मिची कानुनी राज्य र मानव अधिकारको उपहास हुने गरी आममाफी दिनु गम्भीर त्रुटि रहेको ठहर संगठन गरेको छ।

प्रकाशित: १७ जेष्ठ २०८० ०१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App