२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन गर्नेको भीड (तस्वीरहरू)

रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथलाई तानेर गाःबहाल पुर्याइएको छ। रथलाई पुलचोकबाट तानेर मंगलवार गाःबहाल पुर्याइएको हो। आज गाःबहालमा स्थानीय जात्रा पनि मनाइँदैछ। सोमवारबाट रथ यात्रा शुरु भएको थियो। तर सोही दिन गाःबहाल पुर्याउनुपर्ने भएपनि मंगलवारमात्रै गाःबहाल पुर्याइएको हो।  

रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ। पुल्चोक, गाःबहाल, सुन्धारातर्फ महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल, पोडेटोल र जावलाखेलमा परिक्रमा गराइन्छ। मत्स्येन्द्रनाथको जात्राका क्रममा नरिवल खसाल्ने जात्रा र भोटो देखाउने जात्रा पनि पर्छन्। जावलाखेल पु¥याएपछि रथबाट भोटो देखाएर जात्रा समाप्त गरिन्छ। हरेक दिन रथ तानेर पुर्याइएका ठाउँमा जात्रा मनाइन्छ । रातो मत्स्येन्द्रनाथको दर्शन गरेमा सुख शान्ति र समृद्धि मिल्ने विश्वास छ। यो नेपालकै सबैभन्दा लामो जात्रा पनि हो। मत्स्येन्द्रनाथलाई अवलोकेत्श्वर, बुङ्गद्धया लगायत नामले पनि पुकारिन्छ । ललितपुरको पुल्चोकमा तयार पारिएको ३२ हात अग्लो रथमा रातो मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको चौथो दिन सोमवारबाट रथयात्रा शुरु गरिएको हो। आज बुधवार बिहानै गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन र पूजा गर्ने दर्शनार्थीको भीड रहेको छ। 

प्रकाशित: १३ वैशाख २०८० ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App