१६ पुस २०८२ बुधबार
image/svg+xml
समाज

वैदेशिक रोजगारीमा गइ मृत्यु भएकाहरुको बीमामा ठगि गर्ने ६ जना पक्राउ

वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका तथा बिदामा आउँदा मृत्यु भएका नेपालीहरुले प्राप्त गर्ने बीमा रकमको ठगी गर्ने ६ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ।  

शुक्रवार नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो। वैदेशिक रोजगारीको लागि विदेशमा काम गर्दागर्दै विविध कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरुले बीमा बापत पाउने रकम मृतकका आफन्तहरुलाई केही मात्रै दिइ अन्य रकम आफूले नै ठग्ने गिरोहका ६ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो। प्रहरीले चैत्र २३ गते दिउँसो काठमाडौंको गोंगबुबाट रामबहादुर तामाङ समेत ६ जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाइएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक डा.मनोजकुमार केसीले बताए।

उनले पक्राउ परेका तामाङको साथबाट मृतक व्यक्तिहरुको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनीको लेटरप्याड लगायतका महत्वपूर्ण अन्य विविध कागजातहरुसहित फेला पारी निजहरुलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको बताए।  

पक्राउ पर्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका वडा नम्ब १२ का वर्ष ४१ रामबहादुर तामाङ, सर्लाही लालबन्दी नगरपालिका वडा नम्बर ८ का वर्ष ३४ का विनोदकुमार लामा, सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ८ कै वर्ष ४० का डिकबहादुर मल्ल, ३५ वर्षका सर्लाही लालबन्दी नगरपालिका वडा नम्बर ८ कै रविन्द्र मोक्तान, सोही स्थानका ३५ वर्षका प्रकाशबहादुर गोले र सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर २ का ३९ वर्षीय रुद्रमान गोले रहेको बताए

प्रहरी वरिष्ठ उपरीक्षक केसीले विदेशबाट पठाइएका मृतक शवहरुको बीमामा ठगी गर्न यस्तो गिरोह नै रहेको र उनीहरुले मृतकका परिवारलाई वासस्थानमा नै गइ भेट्ने र बीमामा आधा भन्दा बढी रकम ठगी गर्ने गरेको पाइएको बताइ। उनीहरुले मृतकको शव आइसकेपछि उनीहरुका परिवारलाई काठमाडौं बीमाको रकम लिन बोलाउने र कोठामा थुनि आधा भन्दा बढी रकम ठगी गर्ने गरेको देखिएको बताए। उनका अनुसार गिरोहका सदस्यहरू विदेशमा मृत्यु भएका व्यक्तिको शव आउने दिन विमानस्थलसम्म पुग्ने गरेको र बीमाको रकम उपलब्ध गराइदिने आश्वासन दिने गरेको पाइएको बताए।  

प्रकाशित: २४ चैत्र २०७९ ०९:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App