३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

पोखराको पार्दीमा रहेको प्रदेश निर्वाचन कार्यालय परिसरभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

गण्डकी प्रदेशमा रिक्त हुन लागेका दुई सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । गण्डकी प्रदेशमा महिला र अन्य क्लस्टरतर्फ निर्वाचन हुने उनले जानकारी दिए । 

उनका अनुसार यही पुस १९ गते मतदाता नामावली सार्वजनिक गर्ने र पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका रहेको छ । 

प्रकाशित: १६ पुस २०८२ १५:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App