दुई पूर्व पञ्चका दल राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राप्रपा नेपालबिच आज एकता भइरहेको छ। राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राप्रपा र कमल थापा अध्यक्ष रहेको राप्रपा नेपाल बिच पुस ९ गते एकता गर्न सहमति भएको थियो।
सोहीअनुसार बुधवार राष्ट्रिय सभागृहमा एक समारोहकै बिचमा एकता घोषणा भइरहेको छ। घोषणा समारोह सुरु भइसकेको छ।
२०७८ मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा थापा र लिङदेन अध्यक्षमा भिडेका थिए। जसमा थापा फराकिलो मतान्तरसहित पराजित भए। पराजित भएपछि उनले आफूलाई दरबार(पूर्व राजसंस्था)ले हराएको आरोप लगाएका थिए।
त्यसपछि ०७८ माघमा उनले राप्रपाबाट अलग भएको घोषणा गरेका थिए। त्यसको केही समयपछि फागुन ७ गते उनले राप्रपा नेपाल गठन गरेका थिए। त्यसयता उनी अलग पार्टी चलाइरहेका थिए।
प्रकाशित: १६ पुस २०८२ १४:२८ बुधबार





