३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

भक्तपुर नलिनचोकमा भएकाे दुर्घटनामा १३ जना घाइते

 भक्तपुरको सूर्य विनायक न.पा.९ नलिनचोकमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । 

जगातीबाट सागातर्फ जाँदै गरेको बा ५ ख ८०२२ नं को फोर्स गाडी बिग्रिएर बनाउँदै गरेको अवस्थामा सोही दिशातर्फ जाँदै गरेको ग २ ख ४३१ नं को टिपरले पछाडिबाट ठक्कर दिँदा सडकबाट अन्दाजी ३ मिटर तल खस्न गई सवारी दुर्घटना भएको हो। दुर्घटनामा फोर्स गाडीमा सवार यात्रुहरू घाइते भएका हुन् । 

घाइते हुनेहरूमा सर्लाही कपलाछी न.पा.१ बस्न वर्ष ४५ की कान्ती देवी ठाकुर (बोल्न सक्ने, बाहिरी चोट पटक नभएको, शरीरको विभिन्न भागमा भित्री चोट, अवस्था सामान्य), वर्ष २९ को प्रविन ठाकुर (बोल्न सक्ने, ढाडमा लछारिएको चोट, अवस्थाःसामान्य), वर्ष ६३ को किसन ठाकुर (बोल्न सक्ने, टाउको र ढाडमा भित्री चोट, अवस्था सामान्य), वर्ष ८० को महेन्द्र ठाकुर (बोल्न सक्ने, निधारमा काटिएको चोट, अवस्था मध्यम), वर्ष ६० की फुल कुमारी ठाकुर (बोल्न सक्ने, ढाडमा भित्री चोट, अवस्थाःसामान्य), 

यसैगरी वर्ष ६० की तित्री देवी ठाकुर (बोल्न सक्ने, दाहिने हातमा भित्री चोट, अवस्थाःसामान्य), वर्ष ३ की ममता ठाकुर (बोल्न सक्ने, छातीमा भित्री चोट, अवस्थाःसामान्य), वर्ष २६ की विनीता ठाकुर (बोल्न सक्ने, टाउकोमा भित्री चोट, अवस्थाःसामान्य), 

यसैगरी वर्ष ३० की कविता ठाकुर (बोल्न सक्ने, बायाँ खुट्टामा सामान्य चोट, अवस्थाःसामान्य), वर्ष ४२ को वीरेन्द्र ठाकुर (बोल्न सक्ने, टाउकोमा भित्री चोट, अवस्थाःसामान्य), वर्ष ३५ की नगिना देवी ठाकुर (बोल्न सक्ने, निधारमा काटिएको चोट, अवस्थाःसामान्य), ५० को विरेन्द्रश्वर ठाकुर (बोल्न सक्ने, बायाँ हातमा चोट, अवस्थाःसामान्य), वर्ष २३ को अविनाश ठाकुर (बोल्न सक्ने,दाहिने हातको कान्छी औलामा चोट) घाइते भएको प्रहरीले जनाएको छ । 

 उपचारका उनीहरूलाई  भक्तपुर अस्पताल ल्याइएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए। 

उक्त स्थानमा वृत जगातीबाट प्रबनानि डिक राज प्रसाईँको टोली र प्रसनि कृष्ण प्रसाद सिवाकोटीको टोली खटाइएको उनले जानकारी दिए। 

 दुवै सवारी साधन वृत जगातीको नियन्त्रणमा रहेको जनाइएको छ । बस चालक उदयपुर कटारी न.पा.२ बस्ने वर्ष ३२ को नवराज खड्का वृत जगातीको सम्पर्कमा रहेको जनाइएको छ । टिपर चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थल वृत जगातीबाट २ किलाेमिटर पूर्वमा पर्दछ । 

प्रकाशित: १६ चैत्र २०७९ ०६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App