उदयपुरका तीन पालिकाले आँखा शिविर चलाउने भएका छन् । चौदण्डीगढी, त्रियुगा र बेलका नगरका स्थानीयको आँखा परीक्षण गर्न शिविर आयोजना हुने भएको हो । शिविर पुस १९ देखि ३० गतेसम्म सञ्चालन हुनेछ ।
शिविरमा बरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुईत पनि सहभागी हुनेछन् ।
पुस १९ गते चौदण्डीगढी नगरपालिका १ को चौदण्डीगढी दरवार र ८ नम्बर को सिद्धिपुरदेखि सुरु हुने घुम्ती शिविर चौदण्डीगढी, त्रियुगा र बेलका नगरका विभिन्न वडामा सञ्चालन हुनेछ । १० दिनसम्म चल्ने घुम्ती शिविरमा पहिचान भएका मोतियाविन्दुका रोगीलाई पुस २८ देखि ३० गतेसम्म अर्को शिविर राखेर शल्यक्रिया गर्ने चौदण्डीगढी नगरपालिकाले जनाएको छ ।
प्रकाशित: १७ पुस २०८२ १८:१७ बिहीबार





