२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

स्वदेश फर्किए चार्ल्स शोभराज

तस्बिर: एपी

विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराज स्वदेश फर्किएका छन्। शोभराज शुक्रबार साँझ साढे ६ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएका हुन्।  

उनी दोहामा साढे ४ घण्टा ट्रान्जिटमा बसेर पेरिस उड्ने छन्। फ्रान्सको समय अनुसार शनिबार बिहान ६:३५ बजे पेरिसमा उत्रने छन्।

‘द सर्पेन्ट किलर’का रूपमा कुख्यात शोभराज २०३२ सालमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिच र क्यानेडियन नागरिक लरेन्ट अरमान्ड क्यारियरेको हत्या अभियोगमा २०६० सालमा नेपालमा पक्राउ परी केन्द्रीय कारागारको गोलघरमा कैद सजाय भोगिरहेका थिए।  

उनलाई जिल्ला अदालत भक्तपुरले २०८० असोज १ सम्म कारागारमा बस्नुपर्ने गरी फैसला सुनाएको थियो। शोभराजले जन्मकैदअनुसार २० वर्ष कैद भुक्तान गर्नुपर्छ। तर उनले २० वर्ष सजाय तोकिएकोमा १९ वर्ष भुक्तान गरिसकेको उल्लेख गर्दै आफूमा असल चालचलन पनि रहेकाले रिहाइका लागि यसअघि नै सिफारिस भइसकेको दाबीसहित  रिट निवेदन गरेका थिए।

प्रकाशित: ८ पुस २०७९ १४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App