१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशन : उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिएको छ।

भृकुटीमण्डपमा जारी बन्दसत्रस्थलमा पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्य पदका लागि दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक नामावली सोमबार अबेर राति सार्वजनिक गरिएको हो।

प्रकाशित नामावलीउपर कुनै दाबी, विरोध वा संशोधन गर्नुपर्ने भए तोकिएको समयसीमाभित्र निर्वाचन कमिटीको कार्यालयमा उजुरी वा संशोधनको सूचना दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलको उम्मेदवारी परेको छ। यस्तै पाँच उपाध्यक्ष पदका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। महासचिव पदमा २ जना, ३ उपमहासचिव पदका लागि ७ जना तथा नौ सचिव पदका लागि २० जनाको उम्मेदवारी परेको छ।

यसैगरी, ७३ केन्द्रीय सदस्य (खुल्ला) पदका लागि १ सय ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

आयाेगले प्रकाशित सूचनाअनुसार आवश्यक प्रक्रिया पूरा गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

प्रकाशित: १ पुस २०८२ ०६:३५ मंगलबार