२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमालेको कार्यवाहक अध्यक्ष ईश्वर पोखरेल

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन् ।

चीन भ्रमणमा जानुअघि ओलीले पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।  

एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार एमाले विधान २०४९ (संशोधन २०७८) को धारा २१ को उपधारा (२) बमोजिम वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।  

यो धारामा अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षलाई अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्न पाउने व्यवस्था रहेकाले सोहीअनुसार जिम्मेवारी प्रदान गरिएको हो ।  

पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा सक्रिय हुन थालेपछि पोखरेलले उनलाई साथ दिँदै आएका छन् । पोखरेलले भण्डारीलाई साथ दिन थालेपछि एमालेको संस्थापन पक्षले पोखरेलविरुद्ध छेडखानी गर्ने गरेको छ ।

प्रकाशित: १४ भाद्र २०८२ १८:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App