२४ कार्तिक २०८२ सोमबार
image/svg+xml ५:५९ पूर्वाह्न
राजनीति

कम्युनिष्ट पार्टीहरूबीचको ध्रुवीकरण नै पुष्पलालप्रतिको सम्मान हो: दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टीहरूबीचको ध्रुवीकरण नै नेकपाका संस्थापक महासचिव पुष्पालाल श्रेष्ठप्रतिको सम्मान हुने बताएका छन्। ४७औं स्मृति दिवसका अवसरमा बुधबार (आज) काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा दाहालले यसो भनेका हुन्।

'कमरेड पुष्पलाललाई सम्झिँदै गर्दा आजको दिनमा हामी कम्युनिष्ट भन्नेहरूले कम्तीमा पनि सैद्धान्तिक, राजनीतिक र व्यावहारिक रूपमा दलाल नोकरसाही पुँजीवादका विरुद्धमा सङ्घर्ष हो भने त्यसका विरुद्ध खडा हुने सबैका बीचमा मोर्चा, एकता र ध्रुवीकरणका निम्ति पहल गर्नुपर्छ,' दाहालले भने।

उनले यसका लागि सबैलाई अपिलसमेत गरेका छन्। 'साँच्चै हामी नोहरसाही पुँजीवादका विरुद्धमा इमान्दारिताका साथ विश्लेषण गरेको हो भने हामी त्यसमा एकताबद्ध बन्ने आधार खोज्न सक्छौँ, निर्माण गर्न सक्छौँ र एउटा बलियो शक्ति बनाउन सक्दछौँ,' उनले थपे।

उनले पुष्पलाललाई साझा व्यक्तित्वका रूपमा ग्रहण गर्ने गरेकोसमेत बताए। आफूले पुष्पलाल समूहमै कम्युनिष्ट पार्टीको सदस्यता लिएको बताए। 'कम्युनिष्ट आन्दोलनमा पुष्पलाललाई साझा व्यक्तित्वको रूपमा हामी सबैले ग्रहण गर्दै आएका छौँ। अरु कुनै पनि व्यक्तित्व विभाजति हुन्छ,' उनले भने।

प्रकाशित: ७ श्रावण २०८२ १७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App