३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

सुदन गुरुङको नागरिकतामाथि युवा संघको प्रश्न, एक हप्ताभित्र छानबिन गर्न ‘अल्टिमेटम’

सुदन गुरुङको नागरिकतामा युवा संघको प्रश्न, नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले हामी नेपालका संस्थापक सुदन गुरुङको नागरिकतामाथि प्रश्न उठाएको छ। शनिबार बसेको पदाधिकारी बैठकले सुदनको नागरिकता नक्कली भएको हुनसक्ने भन्दै छानबिन गर्नुपर्ने जनाएको छ।  

‘सुुदन गुरुङको नागरिकताबारे अनेक प्रश्न उब्जिरहेका छन्। कतिपयले उनको नागरिकता नक्कली हो भनिरहेका पनि छन्,’ युवा संघका प्रवक्ता निरोज पौडेलले भने, ‘यसको छानबिन गरेर सरकारले एक हप्तामा सार्वजनिक गरोस्। हामीले अल्टिमेटम दिएको छौँ।’ यदि सरकारले नगरे युवा संघले खोजेर प्रहरीमा जिम्मा लगाएर कानुनी प्रक्रियामा लैजान दबाब दिने उनले बताए।  

यसअघि पनि विभिन्न व्यक्ति र समूहले सुदनको नागरिकताबारे प्रश्न उठाएको थिए। त्यसपछि उनी स्वयं र उनी संलग्न एनजिओ हामी नेपालले ‘हल्लाको पछि नलाग्न’ आग्रह गरेका थिए। सँगै सुदनले पनि आफ्नो नागरिकता प्रमाणपत्र सार्वजनिक गरेका थिए। उनले सार्वजनिक गरेको केही सूचना भने कालोले ढाकिएको छ।

प्रकाशित: २२ कार्तिक २०८२ १८:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App