३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

आलमको निधनमा रास्वपा नेतृको टिप्पणी : मृत्यु उत्सव नबनोस्, नेता सुध्रिउन्

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमको निधनलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ ज्वाला संग्रौलाले टिप्पणी गरेकी छिन्। 

उनको निधन उत्सव बनेको दाबीसहित उनले लेखेकी छिन्, ‘मोहम्मद अफ्ताब आलमले देह त्याग गरेका छन्। नेताहरूले सुध्रिन आवश्यक छ, कम्तीमा मृत्यु हुँदा मान्छेहरूले उत्सव मनाउने समय न आओस्। आलमको आत्मालाई शान्ति मिलोस्।’ 

आलमको आज बिहान काठमाडौं मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको थियो। उच्च रक्तचाप, मधुमेहलगायत स्वास्थ्य समस्या देखिएपछि विगत एक महिनादेखि सिनामंगलस्थित उक्त अस्पतालमा उपचार गराइरहेका थिए। 

दसैंअघि नै अस्पतालमा भर्ना भएका आलमलाई पछिल्लो एक सातादेखि थप जटिल अवस्थामा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

प्रकाशित: २२ कार्तिक २०८२ १०:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App