नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एक ढिक्का रहेको दाबी गरेका छन्। सोमबार (आज) सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
तर, पार्टी विभाजन गर्ने तत्त्वहरू सलबलाइरहेको उनले बताए। त्यसबाट पार्टीलाई जोगाउनुपर्ने उनले बताएका छन्। 'पार्टी एक ढिक्का छ र एक भएर जानेछ। र, पार्टी विभाजन गर्ने, तोडफोड गर्ने तत्त्वहरूबाट पार्टीलाई जोगाउनका निम्ति सिङ्गो पार्टी एकताबद्ध भएर अगाडि बढ्नका लागि उहाँले निर्देशन दिनुभएको छ,' अध्यक्ष ओलीलाई उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेसँगै एमालेमा नेताहरूको कित्ताकाँट सुरु भएको चर्चा चल्न थालेको छ। यहीबेला त्यस्तो नभएको उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीका नेता-कार्यकर्ताहरूलाई विश्वस्त तुल्याएका हुन्।
प्रकाशित: ५ श्रावण २०८२ १४:४८ सोमबार




-600x400.jpg)
