२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

ललितपुरमा रास्वपाका तोसिमा र जगदिशको अग्रता

प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा ललितपुरका दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता बनाएको छ। प्राप्त पछिल्लो मतपरिणाम अनुसार ललितपुर क्षेत्र नं. २ र ३ मा रास्वपाका उम्मेदवारहरू प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन्।

ललितपुर–३ मा रास्वपाकी उम्मेदवार तोसिमा कार्की ४५९ मतसहित पहिलो स्थानमा छिन्। उनलाई नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले १०२ मतका साथ पछ्याइरहेका छन्। नेकपा (एमाले) का सन्दन थापा मगर २६ मतसहित तेस्रो स्थानमा छन् भने राप्रपाका सबिन कुमार खड्काले २४ र नेकपाका राज काजी महर्जनले २३ मत प्राप्त गरेका छन्। 

उता ललितपुर–२ मा पनि रास्वपाकै उम्मेदवार जगदिश खरेल २२८ मतसहित अग्रस्थानमा छन्। यहाँ नेकपा (एमाले) का प्रेम बहादुर महर्जन १३१ मतसहित दोस्रो स्थानमा रहँदा उज्यालो नेपाल पार्टीका राजा राम तण्डुकारले १०८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका प्रेम कृष्ण महर्जन ८१ मतमा सीमित रहेका छन्। 

प्रकाशित: २२ फाल्गुन २०८२ ०४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App