नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्रसिंह ठकुरीले पार्टी परित्याग गरेका छन्।
प्रतिनिधि सभाको निर्वाचन हुन एक साता बाँकी रहँदा ठकुरी रास्वपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। उनलाई कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले खादामाला लगाइदिएर पार्टीमा स्वागत गरेका हुन्।
नवलपरासी बर्दघाटको चौपतामा भएको कांग्रेसको चुनावी सभामा ठकुरी कांग्रेस प्रवेश गरेका हुन्।
प्रकाशित: १४ फाल्गुन २०८२ १३:४२ बिहीबार





