नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जथाभावी अन्तर्वार्ता दिँदै हिँड्नेले कानुनी कारबाही भोग्न तयार हुनुपर्ने बताएका छन्।
आइतबार सामाजिक सञ्जालमा लेख्दै चौधरीले यस्तो बताएका हुन्। साथै उनले 'जथाभावी नबोल्नुस् मित्र' भन्दै सुझाव समेत दिएका छन्।
चौधरीले कसलाई लक्षित गर्दै यो स्टाटस लेखेका हुन् भनेर नाम खुलाएका छैनन्। तर नाम नखुलाए पनि उनले लक्ष्मण चौधरीप्रति लक्षित गर्दै स्टाटस लेखेको बुझिन्छ। किनभने केही दिनअघि मात्र लक्ष्मणले नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्ध अन्तर्वार्ता दिएका थिए।
उनले रञ्जिताको नेतृत्वमा पार्टी चल्न नसक्ने भन्दै ठोकुवा गरी विरोध गर्दै आउका छन्।
प्रकाशित: ४ श्रावण २०८२ १०:३७ आइतबार





