२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

रास्वपाले मियाँलाई फेरि केन्द्रीय सदस्य बनायो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संस्थापक केन्द्रीय सदस्य इश्रामुल्ला मियाँलाई केन्द्रीय सदस्यको जिम्मेवारी फेरि दिने निर्णय गरेको छ।  

रास्वपाको आज बसेको बैठकले उक्त निर्णय गरेको हो। हज कमिटीको अध्यक्षमा नियुक्ति हुँदा पार्टीको केन्द्रीय सदस्यबाट मियाँले राजीनामा दिएका थिए।  

रास्वपाको केन्द्रीय समितिको बैठकले पार्टीको रिक्त विभिन्न विभाग तथा समितिहरूको जिम्मेवारीमा सदस्यलाई मनोनयन गर्ने निर्णय गरेको छ। केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुख श्यामबाबु गौतम, केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभाग प्रमुखमा गोकुल सापकोटा, मधेस प्रदेश समितिको सहमहामन्त्रीमा गणेश धिमाल, बारा र पुनम शाहलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ।  

केन्द्रीय श्रम तथा उपभोक्ता हित विभागका प्रमुखमा ललित श्रेष्ठलाई मनोनित गर्ने निर्णय गरेको छ। पार्टी प्रवक्ता मनिष झाले पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीले रणनीतिक समूह गठन, सङ्गठन विस्तार र सशक्त बनाउन केन्द्रीय समितिका सबै सदस्यहरू तथा केन्द्रीय विभागका सबै सदस्यलाई जिल्लाजिल्लामा परिचालन गर्ने निर्णय गरेको जानकारी दिए।  

सो बैठकले विदेशमा रहेका नेपाली नागरिकका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रकाशित: २३ श्रावण २०८२ २१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App