२४ कार्तिक २०८२ सोमबार
image/svg+xml ५:२५ पूर्वाह्न
राजनीति

सुवेदीलाई लोकलाजको ख्याल गर्न राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवराज सुवेदीलाई लोकलाजको ख्याल गर्न आग्रह गरेको छ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमा सुवेदीको एक भिडियो पोस्ट गर्दै उनले यस्तो आग्रह गरेका हुन्। सार्वजनिक रूपमा चैत ४ गते राप्रपा परित्याग गरेको घोषणा गरेका सुवेदीले आफू राप्रपामै छु भन्न आज निर्वाचन आयोग जाँदै छन्। सोही प्रसंगमा प्रवक्ता श्रेष्ठको यस्तो प्रतिक्रिया आएको हो।

उनले सुवेदीलाई फेरि राप्रपामा सक्रिय हुनका लागि आयोग जाने कुरा सही नभएको बताए। साथै उनले जीवनको उत्तरार्द्धमा इमान नछाड्न सुवेदीलाई सुझाव समेत दिए।

प्रवक्ता श्रेष्ठले लेखेका छन्, 'आदरणीय नवराज सुवेदी बा, सार्वजनिक रूपमा चैत ४ गते राप्रपा परित्याग गरेको घोषणा गर्नुभएको तपाईं राप्रपामै छु भन्न आज निर्वाचन आयोग जाँदै हुनुहुन्छ रे! लोकलाजको ख्याल गर्नुस् बा, जीवनको उत्तरार्द्धमा इमान नछाड्नोस्! तपाईँ राप्रपामा फेरि सक्रिय हुन सक्नुहुन्छ तर बाटो त्यता होइन है!'

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्ष पदबाट सुवेदीलाई हटाएपछि सो पार्टीमा असन्तुष्टि बढ्दै गएको छ। सुवेदी हाल हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक छन्।

प्रकाशित: २९ असार २०८२ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App