१८ कार्तिक २०८२ मंगलबार
image/svg+xml २२:८ अपराह्न
राजनीति

जिल्ला र स्थानीय अधिवेशन गर्न राप्रपाले तोक्यो केन्द्रीय पर्यवेक्षक (नामवलीसहित)

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला र स्थानीय तहहरुको अधिवेशनलाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगबाट निर्धारित समयभित्रै गर्न केन्द्रीय पर्यवेक्षक तोकेको छ। पार्टीको विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार उनीहरुलाई सम्बन्धित जिल्लामा खटाइएको राप्रपाले जनाएको छ ।  

पर्यवेक्षकहरुलाई जिल्ला कार्यसमिति, सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, सदस्य तथा प्रदेश पदाधिकारीहरुसंग सम्पर्क र समन्वय गरी जिल्ला अधिवेशनको वातावरण बनाउन, अनुगमन र सहयोग गर्न निर्देशन दिइएको पार्टीका प्रवक्ता एव्र प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।  

पर्यवेक्षकलाई भ्रष्टाचार विरुद्धको कार्यक्रम गर्न गराउन, आगामी आन्दोलनको तयारी गर्न, पार्टी प्रवेश कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्न, गराउन आवश्यक सहजीकरण र समन्वय गर्न जिम्मेवारी दिइएको छ । प्रवक्ता श्रेष्ठका अनुसार, पर्यवेक्षकले नियमित प्रतिवेदन पेश गर्नुपर्नेछ।  

प्रकाशित: १५ श्रावण २०८२ १७:५० बिहीबार

खुशी 100 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App