राष्ट्रिय स्वतन्त्र पार्टीका रामबिनोद यादव प्रतिनिधिसभा सदस्यका लागि धनुषा(२ मा उम्मेदवारी दर्ता गराएका छन् ।
विदेह नगरपालिकास्थित तिनकौरिया बजार उनी स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराइएका हुन् ।
उनको समर्थकमा रामजतन यादव र प्रस्तावकमा सुदिप साह रहेका छन् । रास्वपाको तर्फबाट उम्मेदवारी दर्ता गराएका यादव जनकपुरधाम उपमहानगरपालिका-१७ का स्थायी बासिन्दा हुन् ।
प्रकाशित: ६ माघ २०८२ १३:३३ मंगलबार





