१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

झापामा ४ बजेसम्म करिब ६० प्रतिशत मत खस्यो, क्षेत्र नं. ५ मा उत्साहजनक सहभागिता

झापामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दिउँसो ४ बजेसम्म ५९.६७ प्रतिशत मतदान सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा अघि बढेको छ।

जिल्लामा रहेका कुल ७ लाख १३ हजार ५ सय ३७ मतदातामध्ये ४ बजेसम्म ४ लाख २५ हजार ७ सय ३७ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।

हालसम्मको तथ्यांक अनुसार झापामा पुरुषभन्दा महिला मतदाताको सहभागिता उल्लेख्य देखिएको छ। खसेको कुल मतमध्ये २ लाख २६ हजार ८ सय ९० जना महिला रहेका छन् भने १ लाख ९८ हजार ८ सय ४७ जना पुरुषले मतदान गरेका छन्।

निर्वाचन क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी मत क्षेत्र नम्बर ५ मा खसेको छ। यहाँ ६१.१० प्रतिशत मतदान भएको छ। यस क्षेत्रमा रहेका १ लाख ६३ हजार ३ सय ७९ मतदातामध्ये ९९ हजार ८ सय १९ जनाले मतदान गरेका छन्।

यो क्षेत्रमा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह लगायत चुनावी मैदानमा छन्।

यस्तै, क्षेत्र नम्बर-२ मा ६०.६३ प्रतिशत मत खसेको छ। यहाँ १ लाख ४७ हजार ५ सय २२ मतदातामध्ये ८९ हजार ४ सय ४३ जनाले भाग लिएका छन्।

अन्य क्षेत्रहरूको विवरण यसप्रकार छ-

प्रकाशित: २१ फाल्गुन २०८२ १७:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App