सरकारले पश्चिम एसियाली मुलुकमा रहेका एवं ट्रान्जिटमा अलपत्र परेका नेपालीको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। उनका अनुसार नेपाली राजदूतावास रियाद, अबुधाबी, तेलअबिब, मनमा, मस्कट, इस्लामावाद र कायरोसँगै नेपाली महावाणिज्य दूतावास जेद्दा र दुबईले आवश्यक व्यवस्था मिलाउने निर्णयसमेत भएको छ।
मध्यपूर्वमा तनाव बढेपछि उडान प्रभावित हुँदा नेपालीहरु पनि समस्यामा परेको भन्दै सरकारले यस्तो निर्णय गरेको हो।
प्रकाशित: १ चैत्र २०८२ १७:४४ आइतबार





