प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)काे उपस्थिति माग गर्दै प्रतिपक्षी दलले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन्।
ससद्मा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भएपनि शाह उपस्थित नभएपछि प्रतिपक्षीले विरोध गरेका हुन् ।
सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने तयारी छ। कार्यसूची अनुसार प्रधानमन्त्री शाहले सम्बोधन गर्ने तयारी भए पनि अन्तिम समयमा जवाफ दिने जिम्मेवारी प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेलाई दिएको बताइएको छ।
प्रकाशित: ३० वैशाख २०८३ १२:४६ बुधबार





